`

नेकपा उम्मेदवार आलेसँग ५७ जना काङ्‍ग्रेस कार्यकर्ताले पैसा लिएकाे आराेप, कैलाली काङ्‍ग्रेसमा तरङ्‍ग

Nepal One HD ९ चैत २०८२ १४:२७
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा आर्थिक लेनदेन भएको भन्‍ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभा सदस्यसमेत रहेका जिल्ला सभापति नारायणदत्त भट्टले निर्वाचनको क्रममा पार्टीका उम्मेदवारसँग सम्बन्धित भई आर्थिक लेनदेन भएको भन्‍ने विषय सार्वजनिक रूपमा उठेकाले त्यसबारे स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन् ।

पार्टीको आधिकारिक निर्देशनविपरीत गतिविधि भएको भए त्यसको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।

उनले गत २१ फागुनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन र समानुपातिक मत वृद्धि गर्न निर्देशन दिएको स्मरण गराउँदै निर्वाचन परिणाम सार्वजनिक भएपछि समीक्षा गर्न पनि निर्देशन दिइएको उल्लेख गरेका छन् ।

त्यसअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र उम्मेदवारलाई पराजयका कारण, अनुभव तथा आगामी रणनीतिसहितको प्रतिवेदन पठाउन भनिएको थियो।

तर, त्यसबीच क्षेत्र नं. ५ का उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढीमा सञ्‍चालित एक मिडियामा दिएको अन्तर्वार्तामा कांग्रेसका ५७ जना नेता-कार्यकर्ताले नेकपा उम्मेदवार प्रेम आलेसँग आर्थिक लेनदेन गरी मत प्रभावित पारेको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि आलेले आर्थिक लेनदेन भएकाे प्रमाण सार्वजनिक गर्न मनुलाई चुनाैती दिएका थिए । लगत्तै सभापति भट्टकाे विज्ञप्ति आएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *