`

ओलीलाई समवेदना दिन दुई महामन्त्री लिएर गुण्डु पुगे विश्वप्रकाश

Nepal One HD ९ चैत २०८२ २०:१०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा दुई महामन्त्री लिएर पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न भक्तपुरको गुण्डु पुगेका छन् ।

शर्मा आज महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओलीलाई समवेदना दिन त्यहाँ पुगेका हुन् ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । ओलीका बुबाको निधनपछि समवेदना दिन दिनहु विभिन्न राजनीतिक दलका नेताहरु ओली निवास पुग्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *