बालेनकाे इन्कारी बयान- ‘सिंहदरबार जलाउँछु’ लेखिनँ, बरु जल्दा आगाे निभाउन दमकल पठाएँ
काठमाडौं । जेन-जी विद्राेहकाे बेला बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलनलाई शान्त पार्न भूमिका खेलेको दाबी गरेका छन् ।
उनकाे याे दाबी गाैरीबहादुर कार्की आयाेगकाे जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।
उनले २४ भदौको आगजनी नियन्त्रणका लागि महानगरले समयमै दमकल पठाएको दाबी गरेका छन् । महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रणमा लिएको समेत उनकाे जिकिर छ ।
२३ र २४ गतेकाे घटनाक्रमबारे जानकारहरुले बालेनकाे याे बयानलाई पत्याउँदैनन् । किनभने सिहदरबार, सर्वाेच्च अदालतलगायत सरकारी संरचना तीन दिनसम्म जलिरहँदा बालेनले दमकल पठाएका थिएनन् ।
बरु ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दमकल पठाएका थिए । त्यसाे हुँदा उनले आयाेगसमक्ष दिएकाे बयान र वास्तविकताबीच तालमेल खाँदैन।
यति मात्र हाेइन, उनले आयाेगसमक्ष विगतमा सामाजिक सञ्जालमा लेखेको विवरणबारेसमेत ढाँटेका छन् । ‘सिंहदरबार जलाउने’ भन्ने विगतमा लेखिएकाे स्टाटसबारे आयाेगले साेध्दा उनले भनेका छन्, ‘काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा जलाई दिन्छु शब्द प्रयोग भएको थिएन ।’
