`

यस्ता छन् बालेन सरकारको पहिलो बैठकका निर्णय

Nepal One HD १३ चैत २०८२ १८:१८
राजनीति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेको छ। 

बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा विभिन्न समयमा भएका अन्य आन्दोलनहरूमा जीवन गुमाउने ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ।

यससँगै नेपाल सरकारको प्रवक्ताका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने निर्णय गरिएको छ। बैठकले शासकीय सुधारका लागि तयार पारिएका १०० कार्यसूची स्वीकृत गरेको छ, जसलाई भोलिसम्म सार्वजनिक गर्ने भनिएको छ।

यसबाहेक, भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय पनि बैठकले गरेको छ।

बैठकका प्रमुख निर्णयहरू :

१. शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने
२. सरकारका प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३. शासन सुधारका १०० कार्यसूची स्वीकृत गर्ने
४. जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *