`

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

Nepal One HD १४ चैत २०८२ १९:४०
विश्व

किएभ। शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको युएईमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको बताएपछि युक्रेनले यसको खण्डन गरेको छ ।

इरानी सेनाले यसअघि युएइमा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा क्षति पुर्याएको दावी गरेको थियो । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले भन्नुभयो, “यो झुट हो, हामी यो सूचनाको आधिकारिक रूपमा खण्डन गर्छौं ।”

युक्रेनले युद्धमा रूसले प्रयोग गरेका इरानी डिजाइनबा ड्रोनहरूलाई आक्रमण गर्नबाट रोक्न ड्रोन प्रतिरक्षा प्रणाली विकास गरेको थियो । अहिले युद्धमा हतियार उपलब्ध गराएको युक्रेनको मुख्य सहयोगी अमेरिकालाई मध्यपूर्वमा सहयोग गर्न र खाडी मुलुकमा रहेका अमेरिकी सेनाको सुरक्षाका लागि ड्रोन प्रतिरोधी प्रणाली उपलब्ध गराएको इरानको दावी रहेको छ।

युक्रेनले अमेरिकी सेनाका आधार शिविर रहेका खाडी देशहरूमा सुरक्षाका लागि उक्त प्रणाली उपलब्ध गराउन त्यस क्षेत्रका युएई, साउदी अरब, कतारलगायतका देशलाई उक्त प्रणाली दिन सम्झौता गरेको समाचारहरू बाहिरिएका समय युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको दावी र यसको खण्डन आएका हुन् ।

इरानको केन्द्रीय सैन्य कमान्डले खातम अल–अनबियाले युएईको एउटा डिपो ध्वस्त पारेको बताएपछि युक्रेनी विदेशमन्त्रीले आफ्नो प्रणालीमा केही नभएको दावी गर्नुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *