प्रधानमन्त्री शाहद्वारा कोशी प्रदेशका सांसदसँग छलफल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार उनले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।
छलफलका क्रममा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेले सबै सांसदहरूले आ-आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङगरेको बताएका छन् ।
प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने,‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो।’
उनले थपे,‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’
त्यस्तै,प्रधानमन्त्री शाहले भने सबैको कुरा सुनेर प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताएका छ्न् ।
