जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
राजनीति
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गर्नुभयो ।
उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद््मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्नसक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उल्लेख गर्नुभयो ।“यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरु धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
