`

कांग्रेस सांसद आङ्देम्बले कार्की प्रतिवेदनबारे सोधे- २४ गतेको ध्वंश किन देखेन ? (भिडियो)

Nepal One HD १९ चैत २०८२ १५:१६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले पछिल्लो समय समाजमा फैलिँदै गएको निराशाको भाष्यप्रति गम्भीर असहमति प्रकट गरेका छन् । उनले विकासका उपलब्धिहरूलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति यथार्थपरक नभएको बताएका छन्।

उनका अनुसार घरघरमा पुगेको बिजुली, सडक विस्तार, धारामा आएको पानी, दुर्गम गाउँसम्म फैलिएको सञ्चार सेवा, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरूको विकास यी सबै परिवर्तन ०४६ सालपछिको अवधिमा सम्भव भएको उल्लेख गरे।

‘हो, अपेक्षा अनुसार सबै काम हुन सकेन, त्यसमा आत्मालोचना गर्न तयार छौं,’ उनले भने, ‘तर केही पनि भएन भन्ने निराशाजनक भाष्य सत्यमा आधारित छैन।’

आङ्देम्बेले भदौ २३ र २४ गते भएका घटनाबारे पनि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको आवश्यकता औंल्याए।

उनले सिंहदरबार र संसद् भवनमा भएको आगजनीबारे एकपक्षीय दृष्टिकोणले मात्र विश्लेषण गर्न नहुने बताए। ‘कसैले २४ गतेको मात्र ध्वंस देख्ने, कसैले २३ गतेको मात्रै देख्ने यसरी आंशिक सत्यले पूर्ण निष्कर्ष दिन सक्दैन,’ उनको भनाइ छ।

जाँचबुझ आयोगको भूमिकामाथि समेत प्रश्न उठाउँदै उनले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै, दोषीलाई उन्मुक्ति नदिने र निर्दोषलाई नफसाउने सिद्धान्तमा कांग्रेस स्पष्ट रहेको उनले दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *