`

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

Nepal One HD २० चैत २०८२ १८:५३
राजनीति

रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन ।पर्साको वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३÷८४ को पूर्व–बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो धारणा राखेका हुन ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार मुलुकको समग्र अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढिसकेको दाबी समेत गरेका छन ।

‘विगतका सरकारहरूलाई जस्तो यो सरकारलाई अहिले छुट छैन,’ उनले भने, ‘किनकी यो सरकारले जुन अभूतपूर्व जनादेश पाएको छ, त्यो सुधार र सुशासनका लागि नै हो ।’पर्सा र बाराका उद्योगी व्यवसायीहरूको गुनासो र सुझाव सुनेपछि मन्त्री वाग्लेले आर्थिक रूपान्तरणकै लागि जनताले रास्वपालाई मत दिएकाले सोही एजेण्डामा काम सुरु भइसकेको स्पष्ट पारे ।
उनले आगामी बजेट आर्थिक रूपान्तरणको मूल ध्येयमा केन्द्रित हुने बताउँदै भने, ‘नीति सही र नियत सफा भए धेरै काम गर्न सकिन्छ । हाम्रो नीति र नियत दुवै स्पष्ट छ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले समेत जनतालाई सास्ती नभई प्रत्यक्ष राहत दिने गरी काम गर्न निर्देशन दिइसकेकाले सरकार सोही दिशामा दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, राजस्व कार्यालयका प्रमुखहरूका साथै बारा र पर्साका उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *