`

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

Nepal One HD २० चैत २०८२ २१:४८
समाचार

झापा। भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी हुनुहुन्छ ।

सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताउनुभयो । यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *