`

रविसँगको तस्वीर राख्दै ज्ञानेन्द्रको उद्घोष : ‘देश बनाउने महाअभियानमा छौँ’

Nepal One HD २१ चैत २०८२ १३:३६
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ।

नेता शाहीले सभापति लामिछानेसँगको एक तस्विर सार्वजनिक गर्दै देश निर्माणका लागि आफूहरू एकजुट भएर अघि बढ्ने उद्घोष गरेका छन्। शाहीले भनेका छन्, ‘विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं।’

विगतका राजनीतिक तथा व्यक्तिगत आरोह-अवरोहलाई शक्तिमा बदल्ने संकल्प गर्दै शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *