`

संरचना भत्काउँदा पीडित भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

Nepal One HD २१ चैत २०८२ २०:०९
राजनीति

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गर्नुभएको छ ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताउनुभयो ।

हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिनुहुँदै उहाँले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताउनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *