`

गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना प्रहरी नियन्त्रणमा

Nepal One HD २२ चैत २०८२ ९:१७
समाचार

हरेक दिन गृहमन्त्री सुदन गुरुङले चमत्कार देखाइरहेका छन् । अघिल्लो सरकारबाट हुन नसकेको कामहरु रास्वपा सरकार आएपछि धमाधम भइरहेका छन् । दिनहुँ गृहमन्त्रीको निर्देशनमा प्रहरीले नयाँ सफलता हासिल गरिरहेको छ । फेरि गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेपछि सोही राति प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पक्राउ परेका थिए । तर पछि छुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *