`

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

Nepal One HD २३ चैत २०८२ ६:३०
विश्व

बेइजिङ। चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको ‘तनाव न्यूनीकरण’ गर्न आफू मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर ‘चीन र रुस’ले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

वाङले भन्नुभयो, “मध्यपूर्वमा स्थिति थप बिग्रँदै गएको छ र लडाइँ बढिरहेको छ ।” उहाँले फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्ध अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको लडाइँलाई ’तत्काल युद्धविराम’ गर्न चीनले आह्वान गरेको पनि दोहोर्याउनुभयो ।

“संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मारुससँग सहकार्य जारी राख्न, प्रमुख मुद्दामा तत्काल संवाद गर्न चीन इच्छुक छ,” चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ ।

बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन् र रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनीहरूबिचको सम्बन्ध थप प्रगाढ भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *