`

प्रदेश सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को छ : मुख्यमन्त्री बानियाँ

Nepal One HD २४ चैत २०८२ ७:०१
राजनीति

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तर सम्वादमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले अनावश्यक प्रशासनिक खर्च घटाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय कायम गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले प्रशासनिक खर्चलाई मितव्ययी र सुशासनयुक्त प्रदेश निर्माणका लागि ७०१ जना कर्मचारी कटौती गर्ने र अनावश्यक बोर्ड, समिति र सात वटा निर्देशनालयमध्ये पाँँच वटा खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

प्रदेशको ढुकुटीबाट पैसा खर्चेर मन्त्री र कर्मचारीहरु बैदेशिक भम्रणमा जान नपाउने कडा नीति समेत प्रदेश सरकारले अवलम्बन गरेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रुपमा नतिजामुखी र राजस्व सङ्कलनमा केन्द्रित बनाउने बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले वितरणमुखी कार्यक्रम भन्दा उत्पादन र आयआर्जनलाई प्राथमिकता दिने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *