`

एमसीसीको कारण सभामुखको भन्दा उपसभामुखको तलब बढी

Nepal One HD २८ चैत २०८२ १६:०७
राजनीति

काठमाडौं । सभामुख डीपी अर्यालले भन्दा बढी तलब उपसभामुख रुबी कुमारीले पाउनेछिन् ।

सभामुख अर्यालले ६७ हजार ३२० रुपैयाँ मासिक तलब पाउनेछन् भने उपसभामुख रुबीले ७२ हजार ७३० रुपैयाँ पाउनेछिन् ।

सभामुखको भन्दा उपसभामुखको तलब ५ हजार ४१० बढी हो । किन यस्तो भयो ? यसबारे थाहा पाउन साढे ६ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यसबेलाका सभामुख कृष्णबहादुर महरासम्मको टकरावसम्म पुग्नुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल अर्थमन्त्री भएका डा. स्वर्णिम वाग्लेले आफूले विशेष पहल गरेर नेपालमा भित्र्याएको भनिएको अमेरिकी सरकारको एमसीसी परियोजना कार्यान्वयन गर्न संसद्बाट पारित गराउन अमेरिकी सरकारको दबाब तत्कालीन नेकपा सरकारलाई थेगिनसक्नु थियो ।

तर, सभामुख कृष्णबहादुर महरा एमसीसी संसद्मा टेबुल गर्नै बाधक बने । तत्कालीन प्रधानमन्त्री ओली र महराबीच टकराब भयो । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे थिइन् ।

त्यहीबेला संसद् सचिवालयले सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहितको तलब बढाउने प्रस्ताव गर्‍यो । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव पेस भयो र उपसभामुख र उपाध्यक्षको तलब बढ्ने निर्णय भयो, सभामुख र राष्ट्रियसभा अध्यक्षको तलब बढाउन समिति बनाउने निर्णय भयो । तर, समिति बनेन ।

तलब सभामुख र राष्ट्रियसभा अध्यक्षको बढेन र उपभामुख र राष्ट्रियसभा उपाध्यक्षको मात्रै बढ्यो, जुन हालसम्म कायम छ ।

त्यसो हुँदा सभामुख डीपी अर्यालको भन्दा बढी तल उपसभामुख रुबीकुमारीको तलब बढी भएको हो । ठीक यस्तै तलब सुविधा छ, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र उपाध्यक्ष लिलाकुमारी भण्डारीको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *