`

चुपचाप जिते, चुपचापै शासन

Nepal One HD २८ चैत २०८२ १७:११
बिशेष

काठमाडौं ।’चुपचाप घण्टीछाप’ नारालाई जनताले रुचाएपछि झण्डै दुई तिहाई बहुमतसहित शक्तिशाली सरकारको प्रधानमन्त्री छन्–बालेन्द्र शाह (बालेन) ।

प्रधानमन्त्री भएको दुई साता नाघ्यो, संसद्मा चुँ बोलेनन् । उनी चुपचाप रहे, जसरी मतदाताले उनलाई चुपछाप घण्टीछापमा मतदान गरेर विजयी गराए र प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराए ।

तर, कानुन बनाउनेसँगै जनताको पिरमर्का सुन्ने र सरकारलाई सम्बोधन गराउने निर्देशनसमेत दिने जनप्रतिनिधिहरूको थलो संसदमा बालेन ६ वटा बैठक बस्यो तर बोल्दै बोलेनन् ।

मतदान गरेर विजयी गराउने मतदाताहरुलाई संसदबाट धन्यवादसम्म दिएनन् र नेपाललाई समृद्ध र विकसित बनाउने आफ्नो संसद् जनताका प्रतिनिधिहरूको थलो संसदबाट भनेनन् ।

जबकि, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन्छ । संसदमा बोल्नुपर्छ । संसद बैठकमा मात्रै उपस्थित भएर हुँदैन ।

सार्वभौम संसदको गरिमा र मर्यादालाई ख्याल गरेर जनतालाई त्यहीँबाट सम्बोधन गर्नुपर्छ । तर, बालेनले संसदलाई केही ठानेनन् ।

जबकि, बालेनले नेपाली सेनाको कार्यक्रममा बोले तर ६ पटकसम्म संसद बैठक बस्दा एकपटक देशवासीलाई सम्बोधन गरेनन् र आफूलाई मत दिने झापालीलाई पनि धन्यवाद दिएनन् । यतिबेला उनको आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *