मापसे चेकिङ : ३ हजार ५०१ चालक कारबाहीमा
प्रमुख खबर
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ३ हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई गरिएको हो ।
कारबाहीको विवरण अनुसार मादक पदार्थ सेवन (मापसे)मा ७७ जना, अवस्था ठीक नभएका ६९ जना, रातो बत्ती उल्लङ्घनमा १५८ जना, तीव्र गतिमा सवारी चलाउने ८९ जना, लेन अनुशासन उल्लङ्घनमा १७२ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ५७ जना, नो हर्न उल्लङ्घनमा ७७ जना तथा ओराल्ने र चढाउने नियम उल्लङ्घनमा ५५ जना परेका छन् ।
त्यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा २ हजार ७४७ जना कारबाहीमा परेका छन् ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त अवधिमा कारबाहीबाट २५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
