महानगर प्रहरी प्रमुख भन्छन्- बालेनले राख्ने भनेको लजमा अहिलेसम्म कोहि छैन (भिडियो)
काठमाडौं। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ। बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा बसोबासविहीन (‘होमलेस’) व्यक्ति फेला नपरेको बताएका छन्।
उनका अनुसार असक्त, वृद्ध तथा गर्भवती महिलालाई उनीहरूले रोजेको स्थानमा पठाइएको छ। “अहिलेसम्म वास्तविक होमलेस भेटेका छैनौं। कसैले पनि ‘बस्ने ठाउँ छैन’ भनेर आएका छैनन्,” उनले भने। उनले दुई परिवारलाई बिरामी भएपछि अस्पतालसम्म पुर्याइएको र चारवटा ट्रकमार्फत सामान सार्न सहयोग गरिएको जानकारी दिए।
जोशीका अनुसार टहरा र संरचनाभित्रका सामान बाहिर निकाल्ने काम जारी छ र अधिकांश व्यक्तिहरू आफ्नै गन्तव्यतर्फ गइरहेका छन्। “यदि कोही होमलेस हुनुहुन्छ भने आउनुस् भनेका छौं, तर अहिलेसम्म कोही पनि आएका छैनन्,” उनले थपे।
महानगरले करिब दुई सय नगर प्रहरी परिचालन गरेको जनाएको छ भने संघीय प्रहरीको संख्या भने यकिन नभएको उल्लेख गरिएको छ।
