`

‘बालेनको श्रीमतीलाई आमा भन’ (भिडियो)

Nepal One HD २७ वैशाख २०८३ १२:०५
बिशेष

काठमाडौँ । ‘को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ 

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बोलेको यो क्लिप अहिले सामाजिक सञ्जालमा चर्चामा छ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले सञ्चारकर्मीलाई ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एचटीपी खबरका पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै उक्त प्रतिक्रिया दिएकी थिइन् । 

संवैधानिक परिषद् को बैठकले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गरेपछि कार्की यतिबेला आक्रोशित छिन्। यही प्रकरणले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा पनि चलिरहेको छ । केही चर्चा र स्रोतअनुसार उनी आगामी राष्ट्रपति बन्न चाहन्थिन्।  तर प्रधानन्यायाधिश सिफारिस प्रकरणले उनको त्यो चाहनामा तुषारापातमा परिणत भएको विश्लेषण भइरहेका छन्। उनले यसअघि पनि एक अन्तर्वार्ताका क्रममा वर्तमान सरकारले केपी ओलीले गरेका निर्णय उल्ट्याउने र उनका विरुद्दमा काम गरिरहेको आरोप पनि लगाएकी थिइन्। 

त्यो सँगै बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिन्छ । प्रधानमन्त्री हुँदा उनले नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।

बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *