`

नेकपा सांसद बलावतीले भनिन् : ‘सरकारले न्यायालयलाई मुठ्ठीमा राखी कब्जा गर्न खोजेको हो?’

Nepal One HD २९ वैशाख २०८३ १३:३४
बिशेष

काठमाडौं। सांसद बलावती शर्माले सरकारले गरिबमाथि शासन र न्यायालय कब्जा गर्ने प्रयास गरेको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै न्यायालयलाई नियन्त्रणमा लिन खोजेको टिप्पणी गरिन्।

उनले भनिन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर सरकारले न्यायालयलाई मुठ्ठीमा राखी न्याय कब्जा गर्न खोजेको हो ?’

सांसद शर्माले करिब दुईतिहाइको सरकार गरिब र निमुखाको भरोसा बन्नुपर्नेमा उल्टै उनीहरूमाथि शक्तिको दुरुपयोग भएको बताइन्। उनले डोजर प्रयोग गरेर गरिबका घर भत्काइएको भन्दै सरकारको आलोचना पनि गरिन्।

उनले प्रश्न गरिन्, ‘दुईतिहाइको सरकारले गरिबको व्यवस्थापन गर्ने हो कि उनीहरूमाथि शक्ति प्रदर्शन गर्ने हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *