`

संसदको नियमावली संघीय कानुन होइन – सांसद लामा

Nepal One HD ४ जेठ २०८३ १४:१५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वति लामाले प्रतिनिधिसभाको नयाँ नियमावलीमा समावेश नियम २५९ हटाउन माग  गरेकी छन्।

सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले  यस्तो माग गरेकी हुन् ।

 उनले विशेषाधिकारसम्बन्धी व्यवस्था कानुनी शासनविरुद्ध प्रयोग हुने हतियार बन्न सक्ने भन्दै आपत्ति जनाइन्।

‘नियमावली संघीय कानुन होइन । नियमावली भनेको त संविधान र कानुनअन्तर्गत बनेको अधीनस्थ कार्यविधि व्यवस्था हो,’ उनले भनिन्, ‘यसले आफूलाई कानुनभन्दा माथि वा कानुनसरह स्थापित गर्न सक्दैन ।’

उनका अनुसार नयाँ नियमावलीमा प्रचलित कानुनभन्दा माथि रहने गरी व्यवस्था गरिएको छ। जुन संवैधानिक रूपमा स्वीकार्य हुन नसक्ने हो कि भन्ने प्रश्न उठ्छ।

लामाले भनिन्, ‘के यो व्यवस्था संवैधानिक रूपमा नै स्वीकार्य हुन सक्छ त? विशेषाधिकार कानुनी शासनविरुद्ध प्रयोग हुने हतियार बन्न सक्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *