एमाले सचिवालय बैठक शुक्रबार बस्ने
नेकपा एमाले
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ः०० बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा नेताहरुको कार्यविभाजन हुने उहाँले बताउनुभयो ।
गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
