`

व्यवहारिक र जनमुखी कानुन निर्माण हुनुपर्नेमा सभामुख अर्यालको जोड [भिडियो]

Nepal One HD ८ जेठ २०८३ १५:०८
भिडियो

काठमाडौं। सभामुख डोलप्रसाद अर्याल (डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सांसदहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुनको संशोधन, खारेजी तथा भविष्यलाई ध्यानमा राखेर विधायकी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले विधेयक मस्यौदा निर्माणको वर्तमान अभ्यासले व्यवहारिक पक्षलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘विधेयक कसले बनाउँछ, कसलाई सोधेर र कोसँग छलफल गरेर बनाइन्छ ?’

सभामुख अर्यालले कानुनका प्रयोगकर्तालाई जानकारी नै नदिई तयार हुने विधेयकले देशको भूगोल र सामाजिक चेतनालाई समेट्न नसकेको बताए ।

उनका अनुसार ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, तिमी प्रयोग गर भन्ने शैली अपनाइन्छ, जसका कारण नागरिकले आफूले पालना गर्नुपर्ने कानुनबारे पर्याप्त जानकारी पाउँदैनन् ।’

उनले कानुन निर्माण प्रक्रिया अझ पारदर्शी र सहभागितामूलक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, संघीय संसद् सचिवालयका महासचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *