जुम्लामा घरमै पुग्यो राहदानी
समाचार
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ ।
जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो ।
प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।
यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्याइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
