`

भैरव अर्यालले मविवि शाहलाई लेखेकाे छन्दोबद्ध कविता-पत्रमा के थियो ?

समीन बरुवाल ९ जेठ २०८३ १८:२०
बिशेष

नेपाली साहित्यका प्रसिद्ध हास्य-व्यङ्ग्यकार भैरव अर्याल  व्यङ्ग्य लेख्ने प्रतिभाशाली लेखक हुन् ।  अर्यालका लेख पढ्दा जति हाँस उठ्दा व्यंग्यविनोदमय छन् । त्यति नै उनि संघर्षको राप ताप भोगे। अभावबाट गुज्रिए।

जे सुकै भएपनि उनको अध्ययनप्रतिको लगाव पनि अद्भुत  थियो । उनको जीवनका धेरै घटनामध्ये एउटा निकै रोचक र प्रेरणादायी एउटा घटना छ।

प्रसंग हो,तत्कालिन युवराज महेन्द्र वीर विक्रम शाहलाई छन्दोबद्ध कविता-पत्रको।

त्यतिबेला भैरव अर्याल आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा थिए । उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। उनले बद्रीनाथ आचार्यको डेरामा खाना पकाउने काम गरेर पूर्वमध्यमा अध्ययन पूरा गरेका थिए । अभावबीच पनि उनले आफ्नो अध्ययन रोकेनन् । पूर्वमध्यमा उत्तीर्ण भएपछि उनको इच्छा सम्पूर्ण मध्यमा अध्ययन गर्ने थियो ।

सम्पूर्ण मध्यमाको परीक्षा दिन फारम भर्न आवश्यक शुल्क भारु १० रुपियाँ लाग्थ्यो । हुन त  आजको समयसँग तुलना गर्दा उक्त रकम कम लाग्न सक्छ।  तर त्यतिबेला अर्यालका लागि १० रुपियाँ जुटाउनु निकै ठूलो चुनौतीको कुरो थियो ।

उनीसँग न स्थायी आम्दानी थियो, न आर्थिक सहयोग गर्ने अवस्था भएका आफन्त। पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि पैसा अभावले उनको सपना अधुरो हुने अवस्था कै  सिर्जना भयो ।

तर अर्याल पनि चानचुने हार मान्ने मान्छे थिएनन् । उनीभित्र सिर्जनशीलता थियो, कविता लेख्ने क्षमता थियो । र दृढ सङ्कल्प थियो। यसो उनले सोचे यदि आफ्नो यहि प्रतिभालाई प्रयोग गर्ने हो भने शायद कुनै उपाय निस्कन सक्छ ।

त्यही समयमा तत्कालीन युवराज महेन्द्र पनि साहित्य र कवितामा रुचि राख्थे । अर्याललाई लाग्यो, एउटा कविको भावना अर्को कविले अवश्य  कसरी नबुझ्लान्  ?

त्यसपछि उनले आफ्नो समस्या, अध्ययन गर्ने चाहना र आर्थिक कठिनाइलाई समेटेर छन्दोबद्ध शैलीमा एउटा कविता-पत्र तयार गरे । उक्त पत्रमा उनले आफू सम्पूर्ण मध्यमा पढ्न चाहेको, तर फारम भर्न आवश्यक १० रुपियाँ नभएको उल्लेख गरेका थिए । साथै, युवराजबाट सहयोग प्राप्त भए आफ्नो भविष्य निर्माणमा ठूलो मद्दत पुग्ने विनम्र आग्रह पनि गरेका थिए ।

अर्यालले त्यो कविता-पत्र नारायणहिटी दरबारमा गएर दर्ता गराए । त्यतिबेला दरबारसम्म सामान्य व्यक्तिको पहुँच सजिलो थिएन । त्यसैले उनले निकै साहस गरेर त्यो कदम चालेका थिए । पत्र बुझाएपछि उनी पत्र आउने पर्खाईमा बसे ।

केही दिनपछि दरबारबाट एक सिपाही घोडामा चढेर भैरव अर्याल बस्ने डेरामा आइपुगे । सिपाहीले ठूलो स्वरमा ‘भैरवप्रसाद अर्याल को हो ?’ भनेर सोधे । झ्यालबाट हेर्दै गरेका भैरव यो दृश्य देखेर डराए ।

उनले सोचे, युवराजलाई पत्र लेखेको कारण उनलाई पक्राउ गर्न सिपाही आएको होला । डरले उनी खाटमुनि लुक्न पुगे ।

पछि डेरानजिकैकी एक महिलाले सिपाहीसँग कुरा गरिन् । त्यसक्रममा वास्तविकता खुल्यो । दरबारबाट सिपाही पक्राउ गर्न नभई युवराजले पठाएको सहयोग रकम दिन आएका रहेछन् । यो कुरा थाहा पाएपछि मात्र भैरव ढुक्क भएर बाहिर निस्किए ।

अर्यालले १० रुपियाँ सहयोग मागेका थिए। तर युवराज महेन्द्र उनको कविता-पत्रबाट प्रभावित भएछन् र उनले मागभन्दा दोब्बर अर्थात् २० रुपियाँ पठाइदिए छन्। त्यो रकम पाएपछि भैरवले परीक्षा फारम भरे र अध्ययनलाई अघि बढाए ।

उक्त घटनापछि टोल-छिमेकमा भैरव अर्यालको चर्चा चुलियो । धेरैले उनलाई दरबारसँग पहुँच भएको मान्छेसँग तुलना गर्न थाले ।

आजपनि अर्याल  नेपाली साहित्यमा हास्य-व्यङ्ग्यकारका रूपमा जाज्वल्यमान ध्रुव ताराका रुपमा स्थापित छन्। तर उनको जीवनको राप,ताप र संघर्षको गाथा भने त्यति कसैलाई थाहा छैन।

अवस्य त्यो मुस्कुराईरहेको अनुहार भित्रको अर्को भैरव अर्याल एकदिन सबैले देख्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *