`

यमबुद्ध स्केटबोर्ड पार्क : कस्तो बन्दै छ ? [फोटो-फिचर]

Nepal One HD १३ जेठ २०८३ १४:४६
फोटोफिचर

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिका प्रमुख हुँदा सुरु गरिएको र लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो।
सुरुमा वार्ड १६ मा निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसक्दा योजना स्थगित भएको थियो।
अन्ततः काठमाडौं-५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि पार्क निर्माण काम सुरु गरिएको थियो ।
 पार्कमा प्रमुख संरचनाहरूअन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम),शौचालय ब्लक, भलिबल कोर्ट लगायत रहेको छ ।
युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला-सङ्गीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा यो परियोजना अघि बढाइएको महानगरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *