`

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

Nepal One HD १४ जेठ २०८३ १२:२०
नेपाली कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको हो।

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल हुनेछ। त्यस्तै, संसदको एकीकृत समिति गठनबारे पनि छलफल हुने कांग्रेस संसदीय दलको सचिवालयले जनाएको छ।

साथै, बैठकमा राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको भदौ २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *