`

५ हजार ६ सयले बढ्यो सुनको मूल्य

Nepal One HD १५ जेठ २०८३ १२:४५
अर्थ समाचार

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच, गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

यता चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *