`

यसपालीको बजेट नेपाली कागजसहितको फाइलमा

Nepal One HD १५ जेठ २०८३ १५:५९
अर्थ समाचार

काठमाडौं । बालेन सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य नेपाली कागजको फाइलमा तयार गरिएको छ। 

यसअघि अघिल्ला सरकारहरूले बजेट वक्तव्य रातो सुटकेसमा राखेर प्रस्तुत गर्ने परम्परा अपनाउँदै आएका थिए। तर यस पटक नयाँ शैली अपनाउँदै कागजी फाइलमै बजेट दस्तावेज व्यवस्थित गरिएको छ, जसले सरकारी प्रस्तुतिको शैलीमा परिवर्तन संकेत गरेको छ। 

नयाँ व्यवस्थालाई लिएर प्रशासनिक प्रक्रियामा सरलता र प्रतीकात्मक भिन्नताको रूपमा चर्चा सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *