`

राजनीतिक अस्थिरताको दुश्चक्र अन्त्य भएको अर्थमन्त्री वाग्लेको दाबी

Nepal One HD १५ जेठ २०८३ १६:२७
राजनीति

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश अब राजनीतिक अस्थिरताको चरणबाट बाहिरिएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले मुलुक आर्थिक सुधारको निर्णायक मोडमा पुगेको उल्लेख गरे ।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अहिले देशका अधिकांश समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको बताए ।

उनले राजनीतिक स्थायित्वसँगै आर्थिक सुधारका प्रयासहरू प्रभावकारी रूपमा अघि बढिरहेको दाबी समेत  गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *