`

नेपाल टेलिकमको ३४ प्रतिशत शेयर जनस्तरमा विक्री गरिने

Nepal One HD १५ जेठ २०८३ १६:४६
अर्थ समाचार

काठमाडौं । सरकारले नेपाल टेलिकम को ३४ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केन्द्र सरकारको ६६ प्रतिशत स्वामित्व कायम राखेर बाँकी शेयर जनस्तरमा बिक्री गरिने बताएका हुन्।

शेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने अभियानमा उपयोग गरिने सरकारको योजना छ। सरकारले सूचना प्रविधि, डिजिटल पूर्वाधार र नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित यस्तो नीति अघि सारेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *