`

भिजन काठमाडौं–२०४०’ कार्यान्वयन गर्ने सरकारको घोषणा

Nepal One HD १५ जेठ २०८३ १६:५३
अर्थ समाचार

काठमाडौं। सरकारले दीर्घकालीन ‘भिजन काठमाडौं-२०४०’ योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकाको विकासलाई एकीकृत ढंगले अघि बढाइने बताए ।

उनका अनुसार अण्डरपास, ओभरपास, विद्युत् तार भूमिगत गर्ने तथा खुला क्षेत्र विस्तारजस्ता परियोजनाहरू एकीकृत रूपमा कार्यान्वयन गरिनेछ ।

त्यसैगरी उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन गर्दै ‘स्मार्ट अर्बन मोबिलिटी’ प्रणाली सुरु गरिने पनि उनले जानकारी दिए ।

पोखरामा भने विद्युतीय बसमार्फत सार्वजनिक यातायात प्रणाली विस्तार गरी पुराना सवारी साधन क्रमशः विस्थापित गर्ने योजना सरकारले अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *