सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
अर्थ समाचार
काठमाडौं। सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुस महिनाभित्र यस्तो कम्पनी स्थापना गरिने जानकारी दिए ।
‘बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
