`

सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

Nepal One HD १५ जेठ २०८३ १६:५८
अर्थ समाचार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता प्रणालीलाई थप लक्षित र न्यायोचित बनाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै आर्थिक रूपमा सक्षम नागरिकलाई स्वेच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता त्याग्न प्रेरित गर्ने राष्ट्रिय अभियान सञ्चालन गरिने बताएका छन्।

उनले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने अवधारणालाई अघि सार्दै यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय एकताको भावनासँग जोडेर सम्मान गरिने उल्लेख गरे।

यस्तै, देशभर वितरण हुँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्‍याइएको पनि सरकारले घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *