`

पहाड र हिमालका टारमा खेती गर्न ८० करोड

Nepal One HD १५ जेठ २०८३ १७:१८
अर्थ समाचार

काठमाडौं। सरकारले पहाडी तथा हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट सिँचाइ प्रणालीमार्फत भरपर्दो सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ। यसका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

उनका अनुसार आगामी वर्ष थप २ हजार २३० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ। सरकारले दुर्गम क्षेत्रको कृषि उत्पादन वृद्धि र सिँचाइ पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम अघि सारेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *