`

फ्ल्डलाइटसहितका १० फुटबल रंगशाला बनाइने

Nepal One HD १५ जेठ २०८३ १७:२०
अर्थ समाचार

काठमाडौं। सरकारले खेल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुदलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्यसहित यस्तो योजना अघि सारिएको बताएका छन्।

यस्तै, प्रमुख शहरहरूमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको योजना पनि रहेको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *