सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट
अर्थ समाचार
काठमाडौं। सरकारले सामाजिक सुरक्षा क्षेत्रमा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्। उनले नेपाललाई सडक बालबालिकामुक्त राष्ट्रका रूपमा घोषणा गरिएको पनि जानकारी दिए।
सरकारले बाल संरक्षण, सामाजिक पुनर्स्थापना र लक्षित वर्गको सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कार्यक्रमलाई थप सुदृढ बनाउने नीति लिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
