मदिरा र चुरोटमा कर बढ्यो कर
अर्थ समाचार
काठमाडौं । सरकारले मदिरा र चुरोटमा लाग्ने कर वृद्धि गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर समायोजन गरिएको जानकारी दिए ।
सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म कर वृद्धि गरेको छ भने मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क पनि बढाइएको छ ।
त्यसैगरी माइक्रो ब्रुअरीलाई पनि मदिरा उद्योगका रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याइने अर्थमन्त्री वाग्लेले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
