`

सरकारले बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्ने

Nepal One HD १५ जेठ २०८३ २०:१८
अर्थ समाचार

काठमाडौँ। सरकारले बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्न रु ३१ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

आर्थिक वार्षको दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गर्नाका साथै महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छ । मन्त्री वाग्लेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु दुई अर्ब २७ करोड विनियोजन गर्नुभएको छ ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको छ ।

आर्थिक बजेटमा भनिएको छ, “आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुरस्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ, दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेसाको प्रवद्र्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना ‘होमस्टे’ सञ्चालन गर्नेछौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *