`

यस्तो छ एमालेको कार्यविभाजन सुची

Nepal One HD १६ जेठ २०८३ ११:५१
राजनीति

काठमाडौं नेकपा एमालेले पार्टीका विभिन्न विषयगत विभागका प्रमुखहरूको जिम्मेवारी टुंगो लगाएको छ।

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार अधिकांश विभागका प्रमुख चयन गरिए पनि स्कुल विभाग भने हाललाई रिक्त राखिएको छ।

सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको प्रमुखको जिम्मेवारी दिइएको छ भने भानुभक्त ढकाल संगठन विभाग प्रमुख बनेका छन्। त्यस्तै, प्रदीप ज्ञवाली विदेश मामला विभाग प्रमुखमा चयन भएका छन्।

एमालेले हिक्मतकुमार कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, अग्निप्रसाद खरेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग तथा अमित लामालाई युवा तथा खेलकुद विभागको नेतृत्व सुम्पिएको छ।

त्यसैगरी, आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन, कर्णबहादुर थापा उद्योग, वाणिज्य तथा आपूर्ति, किरण गुरुङ राष्ट्रिय हित तथा सुरक्षा तथा कृष्णगोपाल श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनेका छन्।

पार्टीले गोकुलप्रसाद बास्कोटालाई विज्ञान तथा प्रविधि, देवेन्द्र दाहाललाई निर्वाचन, निरज आचार्यलाई प्रचार तथा प्रकाशन, पार्वती रावललाई शिक्षा तथा मानवस्रोत तथा डा. विन्दा पाण्डेलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिएको छ।

यस्तै, शेरबहादुर तामाङ सहरी विकास, सूर्य ढकाल भूमि व्यवस्था, सुशीला नेपाल उपभोक्ता हित संरक्षण तथा सुशासनको जिम्मेवारी दिएको छ। 

त्यसैगरी हेमराज राई कला तथा संस्कृति विभाग प्रमुखमा चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *