`

दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु

Nepal One HD १८ जेठ २०८३ ९:०१
समाज

दमक । युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ।नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी WorldLink Communications ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सञ्चालन गरेको उक्त तालिमको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख थापाले डिजिटल सीपले युवाहरूलाई आत्मनिर्भर तथा उद्यमशील बन्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले प्रविधिको प्रभावकारी उपयोगमार्फत स्थानीय व्यवसाय तथा उद्यमलाई थप प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए।

वर्ल्डलिन्कले नेपालमै पहिलो पटक सञ्चालन गरेको यस तालिम कार्यक्रममा बोल्दै कम्पनीकी सीएसआर प्रमुख अनुपा भण्डारी जलनले डिजिटल सीप र प्रविधिको प्रभावकारी प्रयोगमार्फत युवा तथा उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।

तालिममा २५ जना युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यवसायिक उपयोग, अनलाइन प्रवर्द्धन, ब्रान्डिङ तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

डिजिटल युगमा व्यवसाय विस्तार, बजार पहुँच वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै वर्ल्डलिन्क कोशी प्रदेशका जनसम्पर्क प्रमुख राजन तिम्सिनाले यस कार्यक्रमले स्थानीय उद्यमीहरूलाई प्रविधिमैत्री व्यवसाय सञ्चालन गर्न थप सहयोग पुग्ने बताए।कार्यक्रमले सहभागीहरूलाई डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत आफ्नो व्यवसायको प्रवर्द्धन र विस्तार गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *