`

विपक्षीले अडान नछाडेपछि संसद बैठक मंगलबारसम्म स्थगित

Nepal One HD १८ जेठ २०८३ १६:५४
बिशेष

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा माफी माग्नुपर्ने माग गर्दै विरोध जनाइरहेका छन्।

सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने अडानसमेत उनीहरूको छ।

सदन सञ्चालनका लागि पटक-पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *