पूर्वसभामुख महरालाई १ लाख धरौटीमा छाड्न आदेश
बिशेष
काठमाडौं । भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो।
विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यसअघि सोही प्रकरणमा कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
