`

हर्कले हेर्न खोजे प्रधानमन्त्री बालेनको संसद हाजिरी(भिडियाे)

Nepal One HD १९ जेठ २०८३ १५:२२
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा उपस्थित हुँदा विधिवत् हाजिर गरेको वा नगरेको विषय स्पष्ट पार्न अभिलेख शाखासँग आग्रह गरेका हुन्।

उनले भने, ‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि भएन ? उहाँको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गर्छु । हाजिर नगरेको भए प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । प्रतिनिधिसभा नियमावलीको नियम ७७ को १ ले कुनै पनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने व्यवस्था छ । उहाँ कतिचोटि आउनुभो र हाजिर गर्नुभो देखाइदिन अनुरोध गर्छु ।’

प्रधानमन्त्रीको संसद हाजिरी अभिलेख सार्वजनिक गर्न माग गर्दै साम्पाङले हाजिर नगरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यकै हैसियतमा प्रश्न उठ्न सक्ने दाबी गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *