`

बालेनको बचाउ गर्दै बुर्लाकोटीले राखे सीमाविवादप्रति पार्टीको धारणा [भिडियो]

Nepal One HD १९ जेठ २०८३ १७:१०
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले उपयुक्त समयमा दिने बताएका छन्।

संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपक्षी दलहरूले उठाएका विषयमा प्रधानमन्त्री स्वयंले स्पष्ट धारणा सार्वजनिक गर्ने बताएका हुन्।

उनका अनुसार विपक्षी दलहरूसँग भएको छलफलमा पनि यसबारे जानकारी गराइएको थियो। तर सदनको अवरोध हटाउन विपक्षीहरू तयार नभएपछि प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको हो।

बुर्लाकोटीले आगामी दिनमा राजनीतिक संवाद र छलफललाई निरन्तरता दिइने उल्लेख गर्दै जेठ २५ गते बस्ने प्रतिनिधिसभा बैठकसम्म अवरोध हट्ने विश्वास व्यक्त गरे।

सीमासम्बन्धी विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गर्दै उनले दसगजा क्षेत्रमा दुवै देशका नागरिकको भूउपयोग भइरहेको देखिएकाले सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए।

साथै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको पनि उनको भनाइ छ।

उनले आगामी बैठकमा बजेटमाथिको छलफललाई प्राथमिकता दिँदै निर्धारित समयमै बजेट पारित गर्ने गरी विपक्षी दलहरूसँग समझदारी बनेको जानकारी पनि दिएका छन्।

भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *