`

कर्णाली मन्त्रिपरिषद् : नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय

Nepal One HD १९ जेठ २०८३ २१:०३
राजनीति

कर्णाली। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को नीति तथा कार्यक्रम यही जेठ २० गते बुधबार दिउँसो ३ः०० बजे कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

बैठकले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिको लागि आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरणका लागि रु चार करोड ७४ लाख ७२ हजार बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा अख्तियारी प्रदानका लागि स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शाहले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *