`

गगन थापाले भने – भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त ‘इको सिस्टम’ निर्माण आवश्यक छ

Nepal One HD २१ जेठ २०८३ १९:३७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त ‘इको सिस्टम’ निर्माण आवश्यक रहेको बताएका छन् ।

ग्रिन टेबल श्रृङ्खलाको छैटौँ कार्यक्रम ‘सिफारिसदेखि न्यायसम्मः कसरी हुन सक्छ प्रभावकारी कार्यान्वयन ?’ मा बोल्दै थापाले धारणा यस्तो राखे

थापाले भने ‘भ्रष्टाचारजस्ता विषयहरूको नियन्त्रण दण्ड–जरिवानाको कारणले मात्र सम्भव हुँदैन । यसको लागि इको सिस्टम पनि चाहिन्छ,’ उनले भने, ‘सिभिल सर्भिसमा काम गर्ने कर्मचारीहरूको जीवन अत्यन्त सहज र सुरक्षित बनाइएको छ । करिब ९० प्रतिशत मानिसहरूले घर, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबारे चिन्ता गर्न नपर्ने अवस्था सिर्जना गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ ।’

थापाले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी कारबाहीसँगै कर्मचारीमैत्री र उत्तरदायी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले इको सिस्टम र कानुनी व्यवस्थालाई सँगसँगै अघि बढाएर मात्रै सुशासन र पारदर्शिता कायम गर्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *