`

बिगार्न बाहेक केही नजान्ने बालेन सरकार – हर्क साम्पाङ

Nepal One HD २३ जेठ २०८३ १३:५६
प्रमुख खबर

काठमाडौं। एक पैंसाको जागिर दिन नसक्ने सरकार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कडा आलोचना गरेका छन्।

उनले एसईई र कक्षा १२ परीक्षा अवधिमा सिराहामा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोनहरू सरकारले नष्ट गरेको विषयलाई आधार बनाएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनका अनुसार सरकार जनताका आधारभूत समस्या समाधान गर्न असक्षम छ, तर प्रतीकात्मक वा कडा देखिने कदमहरू भने सजिलै चाल्छ।

उनले एक पैसाको जागिर पनि दिन नसक्ने सरकार भनेर बेरोजगारी र रोजगारी सिर्जनामा राज्य असफल भएको आरोप लगाएका छन्।  साथै, विद्यार्थीका अभिभावकले किनिदिएका मोबाइल नष्ट गर्नु अनावश्यक कठोरता भएको भन्दै आलोचना गरेका छन्।

उनले यो कदमलाई  प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारसँग जोडेर ‘बालेन सरकार’ भन्दै व्यंग्य पनि गरेका छन्। 

यसमार्फत उनले स्थानीय सरकार वा नेतृत्वले समस्या समाधानभन्दा बढी कठोर निर्णयमा ध्यान दिएको संकेत गर्न खोजेका छन्। 

उनको स्टाटस जस्ताको त्यस्तै:

एक पैसाको जागिर विद्यार्थीलाई दिन नसक्ने सरकारले विद्यार्थीहरुलाई आमाबाले किन्देको मोबाइल पानीमा हालेर नष्ट गर्ने सरकार बालेन सरकार नै हो ! बिगार्न बाहेक केही नजान्ने !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *