`

कस्तो पङ्गु अर्थमन्त्री : हर्क साम्पाङ(भिडियो)

Nepal One HD २४ जेठ २०८३ १३:२३
भिडियो

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेविरुद्ध तीखो प्रहार गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अर्थमन्त्री वाग्लेलाई ‘पंगु अर्थमन्त्री’ समेत भनेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै उनले अर्थमन्त्री वाग्लेमाथि कडा आक्रोश व्यक्त गरेका हुन्। साम्पाङले लेखेका छन्, ‘कस्तो पंगु डाक्टर अर्थमन्त्री रैछ, पेट्रोलियमको मूल्य बढाउने।’

हर्क साम्पाङ प्रायः सामाजिक सञ्जालमार्फत सरकार र नेताहरूविरुद्ध कटु टिप्पणी गर्ने गर्छन्। यसपटक उनले अर्थमन्त्री वाग्लेको नाम लिँदै चर्को शैलीमा आलोचना गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको जीवनस्तरमा थप दबाब पर्ने भन्दै उनले सरकारको नीतिप्रति असन्तुष्टि जनाएका छन्। यो आलोचनाले अर्थमन्त्री वाग्लेमाथि दबाब बढ्न सक्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *